00:00:00
राष्ट्रिय

राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिको विवरण सङ्कलन 

सोमबार श्रावण २, २०७९/ Monday 07-18-22

साउन २, काठमाडौं
राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिले विवरण प्रविष्ट गराएका छन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अनुसार हालसम्म ५० लाख कार्ड प्राप्त भएको छ भने २ लाख कार्ड छपाइ सकिएको छ ।

राष्ट्रिय परिचय पत्रको अवधारणा १२ वर्ष अघि अर्थात २०६६÷६७ देखि सुरु भए पनि गएको मङ्सिर १ गतेबाट राहदानी बनाउँदा राष्ट्रिय परिचय पत्र पनि अनिवार्य गरे पछि बनाउनेको सङ्ख्या बढेको थियो ।

आगामी आर्थिक वर्ष ७० लाख कार्ड छपाई गरि तीन वर्ष भित्र सबै व्यक्तिको हातमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको विभागका महानिर्देशक तिर्थराज भट्टराईले  बताउनुभयो । सबै भन्दा पहिले नेपालको पाँचथर जिल्ला र काठमाडाँै स्थित सिंहदरवारका कर्मचारीको विवरण सङ्कलन गरी राष्ट्रिय परिचय पत्रको काम सुरु भएको थियो ।

राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्न विभागले हालसम्म ३६ जिल्लामा घुम्ती शिविर सञ्चालन गरिसकेको छ भने १० जिल्लामा हाल जारी छ । त्यसैगरि थप ३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्ने तयारी छ ।
 

तपाईको प्रतिक्रिया