00:00:00
स्थानिय

इन्जिनिर्यस एशोसिएसनको स्थापना दिवस सुरू

शनिबार असार ३२, २०७९/ Saturday 07-16-22

बुटवल, असार ३२ । 
नेपाल इन्जिनिर्यस यशोसिएसन लुम्बिनी प्रदेशको ६० औं ईन्जिनिर्यस दिवसका कार्यक्रमहरु शुरु भएका छन । साउन ३ गते स्थापना भएको यशोसिएसनको स्थापना दिवसको पहिलो कार्यक्रम स्वरुप प्रभातफेरि गरिएको पत्रकार सम्मेलनको आयोजना गरि जनाएको हो । यशोसिएसन कार्यालयबाट निस्केको ¥यालीले बुटवल बजार परिक्रमा गरि कार्यालयमा पुगेर समापन भएको थियो ।

यस्तै शनिबार नै ईन्जिनियरहरुको बिचमा डबल्स ब्याटमिन्टन प्रतियोगिता भएको प्रदेश अध्यक्ष शैलेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उनका अनुसार साउन १ गते फुटसल प्रतियोगिता हुनेछ । प्रतियोगितामा ईन्जिनियरहरुकै १५–२० टिम सहभागी हुनेछन । यस्तै २ गते रक्तदान कार्यक्रम र ३ गते मुल समारोह हुनेछ ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी बिकास मन्त्री सहसराम यादबको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने श्रेष्ठले जानकारी दिए । उनले सस्थाले ईन्जिनियरका समस्या समाधान गर्ने काम गरिरहेको बताउदै ईन्जिनियरले सामाजिक उत्तरदायीत्वका कामहरु गर्दै आईरहेको बताउनुभयो ।

उनले देशको बिकासको काम इन्जिनियरले गरिरहेको भएपनी अझैपनी रोजगारी सिर्जना गर्न नसकिएको प्रती गुनासो गरे । उनले लुम्बिनीका १२ जिल्लाबाट १६ सय बढी इन्जिनियर रहेको जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया