यो क्षेत्रमा वर्षा हुन अझै एक साता लाग्ने ,विउको उमेर हेरेर धान रोप्न किसानलाई आग्रह
तिलोत्तमा,बिन्दु भट्टराई ।
रुपन्देहिका धेरै स्थानमा बिहानैदेखि घाम चर्किएको छ । लुम्विनी प्रदेशका पहाडि भुभागमा दिनभरी घाम लागेपनि बेलुकिपख पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भने यो प्रदेशका मध्य र पुर्वी तराइमा केहि मात्रामा वर्षा भएपनि पश्चिम तराईमा मौसम सुख्खा रहने समभावना रहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो । उहांले यो क्षेत्रमा वर्षा हुन अझै एक साता लाग्ने अनुमान गरिएको बताउनुभयो ।
स्थानीय बायुको प्रभावले फाट्टफुट्ट पानी परेपनि आगामी सोमबारसम्म झरीको संभावना नभएको पौडेलको भनाई छ । पौडेलले मनसुनी न्युन चापिय रेखा भारतको दक्षिण भुभागमा सरेकाले तराई क्षेत्रमा पानी पर्र्र्ने प्रणाली कमजोर भएको बताउनुभयो । पौडेलले वर्षा बांकि रहेको र यो भदौसम्मै रहने बताउनुभो ।
यसैविच लामो समयसम्म खडेरी परेपछि धान उत्पादन नहुने भन्दै किसान चिन्तित भएका छन् । उनीहरूले असार सकिनै लाग्दासमेत पर्याप्त पानी नपर्दा धान खेती प्रभावित हुन थालेको बताएका हुन् । मुलुकको खस्किदो अर्थतन्त्र,समयमा विउ विजन ,मल अभावबाट प्रताडित किसानलाइ लामो समय यस्तै सुख्खा भएमा भोकमरीनै लाग्न सक्ने पिरलाले सताउन थालेको छ । तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालले सिंचाई अभाव भएका स्थानमा धेरै समयसम्मको जिनो विउ नरोप्न तिलोत्तमाका किसानलाई सुझाव दिनुभएको छ ।
उहांले किसानलाई घाटा हुने भएकोले जिनो विउ वियाडमा जोगाउनुभन्दा सुर्य आकाश प्रकाश जातका वोडि लगाउदा किसानलाई फाईदा पुग्ने पनि बताउनुभएको छ । गएको वर्ष यो समयसम्म आईपुग्दा ९४ प्रतिशत धान रोपाईं सकिएको र यो वर्ष अहिलेसम्म ८३ प्रतिशत मात्र धान रोपाई सकिएको भुसालले बताउनुभयो । उहांले खडेरीका कारण र किसानले वर्षा पर्खेर बस्दा विउमा आंख्ला पर्न गयो भने उत्पादनमा कमि आउने भएकोले विउको उमेर हेरेर धान रोप्न आग्रह समेत गर्नुभयो ।
तपाईको प्रतिक्रिया