00:00:00
स्थानिय

भुवनपोखरी स्वास्थ्य चौकी पाल्पामा बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा संचालन 

बुधबार असार ८, २०७९/ Wednesday 06-22-22

असार ८, पाल्पा
पाल्पाको रैनादेवी छहरा  गाउँपालिका वडा नं. ३ भुवनपोखरी  स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा ल्याव प्रयोगशाला सेवा शुभारम्भ भएको छ ।  बर्थिङ सेन्टर तथा ल्याव प्रयोगशाला सेवाको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले शुभारम्भ गर्नुभयो । 
बर्थिङ सेन्टर शुभारम्भ गर्दै पालिका अध्यक्ष भट्टराईले भुवनपोखरीका गर्भवती महिलाहरुले गाउँकै स्वास्थ्यचौकी निशुल्क रुपमा सुत्केरी हुन पाउने व्यबस्था मिलाएको बताउनुभयो । अवका दिनमा सुत्केरी हुन  एम्वुलेन्स रिर्जव गरेर सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता हटेको, समयको तथा खर्चको बचत भएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

विरामीको चाप बढ्दै गएमा एम्वुलेन्स सेवा गाउँपालिका बाट प्रदान हुने पालिका अध्यक्ष भट्टराईले बताउनुभयो । कार्यक्रममा पालिका अध्यक्ष भट्टराईले ५ बर्ष भित्र रैनादेवी छहराका सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र प्रयोगशाला सेवा संचालन गर्ने बताउनुभयो । पालिकामा छिट्टै १५ बेडको अस्पताल निर्माणको लागी आफु लागी परेको अध्यक्ष भट्टराईले बताउनुभयो । 

गाउँमा प्रयोगशाला सेवा नहुदा दिशा, पिसाव तथा रगत खकार जाँचको लागी अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको, गाउँमै प्रयोग सेवा भएपछी भुवनपोखरीबासी ठुलो राहत मिलेको वडा भुवनपोखरी स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष एवं वडा अध्यक्ष  प्रदिप पौडेलले बताउनुभयो ।  रैनादेवी छहरा गाउँपालिको वडा नंं ४ छहरा, वडा नंं ६ जुठापौवामा यस अघिनै बर्थिङ सेन्टर तथा ल्याव सेवा संचालन भईसकेको छ । 

तपाईको प्रतिक्रिया