00:00:00
स्थानिय

तिनाउ नदीले बगाएर ल्याएको शवको पहिचान खुल्यो

सोमबार असार ६, २०७९/ Monday 06-20-22

२०७९ असार ६     

     बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको शव पहिचान भएको छ । उक्त शव बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ६५ वर्षीय किशोर बहादुर नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताउनुभएको छ ।

 सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर स्थित तिनाउ नदीमा नेपालीको शव फेला परेको थियो । बाढीले बगाएर ल्याएका दाउरा समात्ने क्रममा उनलाई तिनाउ नदीले बगाएको हुन सक्ने प्रहरी प्रमुख केसीले भन्नुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया