00:00:00
स्थानिय

गल्कोट समाज शंकरनगर ड्राइभरटोलको सम्पर्क समाज गठन

आइतबार असार ५, २०७९/ Sunday 06-19-22

शारदा शाही ठकुरी  
तिलोत्तमा-२०७९ असार ५


       गल्कोट समाज शंकरनगर ड्राइभरटोलको सम्पर्क समाज गठन गरिएको छ । अध्यक्ष मन बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष मन बहादुर भण्डारी, उपादक्ष्य धना खत्री , सचिब समर मल्ल, सह-सचिब राधा खत्री, कोषाध्यक्ष्य दुर्गा बहादुर खत्री, सह-कोषाध्यक्ष्य मिन बहादुर खत्री सदस्यहरु मित्र थापा , हरिलाल शर्मा, ठेक बहादुर केसी , कृष्ण बहादुर खड्का, डम्बर बहादुर खड्का लगायत एघार जना कार्य समिती सदस्य चयन गरिएको छ ।

   कार्यक्रममा बोल्दै बिभिन्न बक्ताहरुले बधाई तथा शुभकामना दिनुभएको थियो । बसाइ सराई गरी बिभिन्न ठाउमा बस्दै आए पनि सम्बन्ध सधैं शुमधुर रहने उदेश्यले समाजको गठन गरिएको बताउदै समाजमा अध्यक्ष मन बहादुर भण्डारीले आफुलाई धेरै खुशी लागेको र समाजको प्रगतिको लागी आफुले सधैं लागी रहने पनि बताउनुभयो ।

सबिक शंकरनगर गाबिसलाई समेटेर संपर्क समाज गठन गरिएको हो । कार्यक्रमको संचालन सचिब समर मल्लले गर्नुभएको थियो ।

   

 

 

तपाईको प्रतिक्रिया