00:00:00
स्थानिय

३२ यात्रु सबार बस रोहिणी खोलामा खस्यो ९ जनाको मृत्यु, २३ घाइते

आइतबार जेठ २२, २०७९/ Sunday 06-05-22

तिलोत्तमा । 

रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खसेको छ ।  ३२ जना यात्रु बोकेर जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । त्यसमध्ये ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । घाइते ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अन्य घाईतेको पनि भैरहवामा उपचार भईरहेको छ ।बस दुर्घटना हुनुको कारणबारे थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ । 

तपाईको प्रतिक्रिया