00:00:00
स्थानिय

खोजी पत्रकारको खोज

शनिबार जेठ २१, २०७९/ Saturday 06-04-22

तिलोत्तमा,बिन्दु भट्टराई । 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले पत्रकारितामा मानसिक लगानी लगाउन आवश्यक रहेको बताउनुभयो । उहांले पत्रकारहरु पत्रकारिता पेशामा टिक्न र बिक्नको लागि खोज पत्रकारितामा ध्यान दिन पनि पत्रकार्हरुलाई आग्रह गर्नुभयो । शेयरकाष्टको आयोजना र पत्रकार महासंघ रुपन्देहीको समन्वयमा भएको दुई दिने खोजी पत्रकारीता अभिबृद्धि प्रशिक्षणको  शुक्रबार बुटवलमा  समापन कार्यक्रममा  धमलाले सूचना लुकाउने खालको नबनाएर दिने सक्ने बनाउनु पर्नेमा जोड दिनुभयो । 

पत्रकार महासंघ रुपन्देहिका अध्यक्ष रामराज पोख्रेलले रुपन्देहीका पत्रकारलाई यस्ता पत्रकारिता तालिमले क्षमतावान बन्न प्रेरित गर्ने बिश्वास व्यक्त गर्नुभयो । प्रशिक्षणमा प्रमुख प्रशिक्षकको रुपमा  पत्रकार महासंघ नेपालका पुर्व अध्यक्ष धर्मेन्द्र झाले खोजी पत्रकारीताले पत्रकारलाई बचाउने भएकोले खोजी पत्रकारीता गर्न पत्रकारलाई सुभाव दिनुभयो ।

त्यस्तै कार्यक्रममा  शेयरकाष्टका निर्देशक भुमि चापागाइ ,सहभागिको तर्फबाट पत्रकार जीवलाल,र पुजा पन्थीले समग्र प्रशिक्षणको बारेमा बोल्नुभएको थियो भने पत्रकार शिव डुम्रले  २ दिनको प्रशिक्षणमा गरिएका कृयाकलापलाई प्रतिवेदन मार्फत पेश गर्नुभएको थियो । २५ जना पत्रकार सहभागि प्रशिक्षको सहजीकरण पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले गर्नुभएको थियो । बिहीबारदेखि सुरु भएको प्रशिक्षण शुक्रबार सम्पन्न भएको हो  ।   लेखनवृत्तिको विकास होस भन्ने उद्धेश्यले शुरु गरिएको उक्त प्रशिक्षणबाट उत्कृष्ट फेलोसिपि लेख्ने ३ जना पत्रकारलाई नगद पुरस्कार प्रदान गरीनेछ ।   

तपाईको प्रतिक्रिया