00:00:00
स्थानिय

सुखि र खुृसी प्राप्ति का लागि भित्रि विचारमा सुद्धिकरण गर्नुपर्छ – तिलोत्तमाका मेयर खांड

शुक्रबार जेठ २०, २०७९/ Friday 06-03-22

तिलोत्तमा,बिन्दु भट्टराई । 
व्रहम कुमारी इश्वरीय विश्व बिद्यालय शाखा मणिग्रामको आयोजनामा नगरप्रमुख उपप्रमुख वडा नं ५ का वडा अध्यक्षहरु वडा सदस्यहरुको सम्मान एवं स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । ब्रहमकुमारी विमलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती तिलोत्तमाका मेयर रामकृष्ण खांडले भौतिक शरिरको सुद्धिकरणले मात्र मान्छे सुखि खुृसी नहुने भएकोले भित्रि विचार, भावनाको सुद्धिकरणमा जोड दिनुपर्ने  बताउनुभयो । उहांले व्रहम कुमारी इश्वरीय विश्व बिद्यालयले गरेका कामको प्रसंसा गर्दै आफुले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । 
उपप्रमुख जागेश्वर देवी चौधरीले  भौतिक बिकासको पछि दौडिरहंदा अव संगसंगै मानविय विकासमा पनि  सवैको ध्यान जानुपर्ने खांचो औल्याउनुभयो ।
कार्यक्रममा शान्ती नमुना माविका प्राधानाअध्यापक कुलप्रसाद लामिछाने, कार्यपालिका सदस्य एच वी रम्तेल, वडा नं ५ का वडा अध्यक्ष रमेश डुम्रे, ६ का वडा अध्यक्ष गणेश पाठक पारस पौडेल लगायतले सम्पुर्ण मानव जाती  बिचारले सुदृढ हुनुपर्नेमा जोड दिनुभएको थियो । 
 

तपाईको प्रतिक्रिया