तिलोत्तमा नगरपालिकामा ५३ हजार ४ सय ७३ मत गणना, बांकि मत ११ हजार २ सय ५५
तिलोत्तमा,बिन्दु भट्टराई ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका जारी मतगणनामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खांणले अग्रता लिनुभएको छ । दिउसो १;३० वजेसम्मको मतगणना अनुसार ५३ हजार ४ सय ७३ मत गणना हुँदा खांणले २० हजार २ सय ५३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार मोहन चापागाईले १९ हजार ३ सय ५५ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार जागेश्वरीदेखि चौधरी अग्रस्थानमा रहनुभएको छ । चौधरीले १९ हजार ४० मत प्रँप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट उपमेयर पदका उम्मेदवार माओवादी केन्द्रका हेमराज पाण्डेले ९ हजार ४ सय ११ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै बुधबार तिलोत्तमाका २ वटा वडाको मतपरिणाम सम्पन्न भएको छ । जसमा तिलोत्तमा १० मा नेकपा एमालेका गोपाल प्रसाद घिमिरेसहितको प्यानल विजयी भएको छ भने तिलोत्तमा वडा नंवर ६ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेशका वडा अध्यक्षका उम्मेदवार गणेश पाठक सहितको प्यानल निर्वाचित भएको छ ।
यतीवेला वडा नम्वर ११,७,९ र ८ को मतगणना भईरहेको छ । अव जम्मा गणना हुन बांकि मत ११ हजार २ सय ५५ रहेको छ । शुक्रबार सम्म सवै मतपरिणाम सार्वजनि हुने निर्वाचन कार्यालय तिलोत्तमाका निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया