जेठ ९, परासी
स्थानीय तह निर्वाचनमा जिल्लाबाट लज्जास्पद हार व्यहोर्नु परेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासीका सचिव रामाज्ञा पाण्डेले राजीनामा दिनुभएको छ। जिल्ला अध्यक्षलाई सम्बोधन गरि केन्द्र र प्रदेश समितिलाई वोधार्थ दिई बुझाईएको पत्रमा जिल्लामा पार्टीका उमेदवारले हार्नुलाई सर्वनाक हार भएको संज्ञा दिदै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गर्नुभएको छ।
७ स्थानीय तह रहेको जिल्लाका रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउंपालिकामा सबै पदमा लोसपाले उमेदवारि दिएको थियो । सरवालमा केही वडाबाहेकमा उमेदवारी दिएको थियो । सुनवल नगरपालिकामा प्रमुख र उपप्रमुखमा मात्र उमेदवारी दिएको थियो भने सुस्ता, प्रतापपुर गाउंपालिका र बर्दघाट नगरपालिकामा कुनै पदमा लोसपाले उमेदवारी दिन सकेको थिएन । लोसपाले उमेदावारी दिएका पालिकाहरू मध्येबाट १ वडाध्यक्षसहित ५ सदस्य मात्र जितेको छ ।
तपाईको प्रतिक्रिया