सुस्मिता रेग्मीको न्यायको माग गर्दै किशोरीहरुको प्रर्दशन
तिलोत्तमा २०७९ जेष्ठ ७
बलत्कार पिडित सुस्मिता रेग्मीको न्यायका लागि बुटवलमा विरोध प्रर्दशन भएको छ । पिडितले न्याय र पीडकलाई कडा कार्वाहीको माग राख्दै विरोध शनिबार बुटवलको योगिकुटी चोकमा प्रर्दशन भएको हो ।
प्रदर्शनमा उपस्थित अधिकांश किशोरीहरुले बलात्कारीलाई कार्वाही गर, सुस्मितालाई न्याय देउ, दोषीलाई कार्वाही गर, हद म्याद खारेज गर, माई बोडी माई राईट्स जस्ता नारा लेखिएको पम्पेलेट प्रर्दशन गरेका थिए । विरोध प्रर्दशनमा देवदह, मंगलापुर,योगीकुटी, सुख्खानगर, मणिग्राम, शंकनगरगका किशोरीहरु सहभागी भएका थिए ।
सृजनशील संस्था नेपालको आयोजना र सोइया स्वाबलम्बी संस्थाको समन्वयमा कार्यक्रम भएको थियो । मिस ग्लोबल इन्टर्नेनल २०१४ कि फस्ट रनरअप सुस्मिता रेग्मी ८ वर्ष अघि १६ बर्षको उमेरमा पटक पटक बलात्कार हुदा पनि सहन बाध्य भएको भन्दै सुस्मिताले सामाजिक सञ्जाल मार्फत न्यायको याचना गरेको थिईन ।
तपाईको प्रतिक्रिया