जेठ ७, रुपन्देही
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । मेयर कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय र उपमेयरमा नेकपा एमालेकी सावित्री देवी अर्याल विजयी हुनुभएको हो । मेयरमा पाण्डेयले ३० हजार एक सय ३० मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुराजा भटराईले २२ हजार पाँच सय ९७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै उपमेयरमा एमालेकी उम्मेदवार अर्यालले २४ हजार नौ सय चार मत र उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार नौ सय ८० मत प्राप्त गर्नुभएको छ । १९ वटा वडा रहेको बुटवलमा ९० हजार १६ मतमध्ये ६३ हजार १७ मत खसेको थियो ।
बुटवलको वडा नं १०, ११, १४, १८ र १९ मा एमाले विजयी भएको छ भने ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६, १७ मा कांग्रेसले जित निकालेको छ । त्यस्तै वडा नम्बर १ मा स्वतन्त्र, २ मा नेकपा एस, ३ मा रुख चिन्हबाट प्रतिष्पर्धा गरेर माओवादी केन्द्र निर्वाचित भएको छ ।
तपाईको प्रतिक्रिया