00:00:00
स्थानिय

रुपन्देहीको कञ्चन गाउँपालिका अध्यक्षमा कांग्रेसका नवराज ढकाल निर्वाचित 

बुधबार जेठ ४, २०७९/ Wednesday 05-18-22


जेठ ४, रुपन्देही
पालिका चुनाव अन्तर्गत कञ्चन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल निर्वाचित हुनुभएको छ । ढकालले ९ हजार ८५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका दिनानाथ आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा मगर ९ हजार १ सय ९४ मत ल्याइ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गर्नुभयो । कञ्चन नगरपालिका रुपन्देहीमा नतिजा सार्वाजनिक गर्ने पहिलो पालिका बनेको छ ।
 

तपाईको प्रतिक्रिया