00:00:00
स्थानिय

नवलपरासीको सरावलमा अध्यक्ष र उपाध्यक्षमा एमाले 

बुधबार जेठ ४, २०७९/ Wednesday 05-18-22


जेठ ४
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उमेदवार विजयी भएका छन् । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन विजयी हुनुभएको छ । अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २९ सय ७० मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । चौधरीले ७ हजार ५९ ल्याउँदा गौडले ४ हजार ८९ मत प्राप्त गगर्नुभयो । 

त्यस्तै उपाध्यक्षमा निर्वाचित हरिजनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित गर्नुभएको छ । हरिजनको ५७ सय ४३ मत छ भने रायको ५३ सय ४९ छ । 
७ वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा एमालेका विष्णुप्रसाद भट्टराई, वडा नं. २ मा नेपाली कांग्रेसका शम्भुप्रसाद चौधरी वडाध्यक्षमा विजयी भएका छन् । व

डा नं. ३ को अध्यक्षमा राप्रपाका फिरङ्गी चौधरी र वडा नं. ४ मा एमालेका सुरेश यादवले वडाध्यक्षमा विजयी भएका छन् । वडा नं. ५ मा नेपाली कांग्रेसका लक्ष्मणप्रसाद चौधरी, वडा नं. ६ मा नेपाली कांग्रेसका छोटेलाल गुप्ता र वडा नं. ७ मा माओवादी केन्द्रका हेयात खाँ धुनिया वडाअध्यक्षमा निर्वाचित भएका छन् । 

तपाईको प्रतिक्रिया