पाल्पा, जेठ २
पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा नेकपा एमाले विजयी भएको छ ।
अध्यक्षमा ननुबहादुर थापा निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार ३९ मत पाउनुभयो भने एकीकृत समाजवादीका मीनप्रसाद गिरीले १ हजार २५७ मत मात्र पाउनुभएको छ । उपाध्यक्षमा एमालेका भागीरथी भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ८९४ मत पाउनुभयो भने नेपाली कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २५० मत पाउनुभएको छ ।
वडा नम्बर १ सिलुवामा गिरिमान आले, वडा नंं २ जल्पामा निरबहादुर सारु, वडा नंं. ३ रिङनेरहमा कृष्णप्रसाद भट्टराई, वडा नंं ४ देवीनगरमा मेहरसिंह थापा, वडा नं. ५ विरकोटमा विष्णुकुमार पल्ली र वडा नं. ६ हेकलाङमा धनबहादुर घर्ती विजयी भएका छन । पाल्पाको पुर्वखोलामा स्थानीय तह निर्वाचन २०७४ मा पनि नेकपा एमालेले क्लिन स्विप गरेको थियो ।
तपाईको प्रतिक्रिया