स्थानिय
माछा मार्ने क्रममा गुल्मीमा खोलामा डुबेर २ जनाको मृत्यु
बुधबार बैशाख २८, २०७९/ Wednesday 05-11-22
बैशाख २७
गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका १४ का १७ वर्षीय अनिल सामत र १३ वर्षीय सुजन सामतको छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमवार माछा मार्न गएका उनीहरू घरमा नआएपछि खोजी गर्दा मंगलबार डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको छ ।
तपाईको प्रतिक्रिया