00:00:00
राष्ट्रिय

निर्धक्क भएर भोट हाल्न निर्वाचन आयोगको आग्रह

बुधबार बैशाख २८, २०७९/ Wednesday 05-11-22

बैशाख २८
निर्वाचन आयोगले मतदानलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गरेकोछ । 

साथै कसैको डर, धम्की नमानी निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ । आयोगले शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउन पनि सबै पक्षलाई अपिल गरेको छ । 

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्था हुनेछ ।  जनप्रतिनिधि छान्न पर्सि ३० गते हुने स्थानिय तह चुनावको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बालिग मताधिकारको आधारमा संविधानले सबै नागरिकलाई चुनावमा सहभागी हुने अधिकार दिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया