बैशाख २८
निर्वाचन आयोगले मतदानलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गरेकोछ ।
साथै कसैको डर, धम्की नमानी निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ । आयोगले शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउन पनि सबै पक्षलाई अपिल गरेको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्था हुनेछ । जनप्रतिनिधि छान्न पर्सि ३० गते हुने स्थानिय तह चुनावको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बालिग मताधिकारको आधारमा संविधानले सबै नागरिकलाई चुनावमा सहभागी हुने अधिकार दिएको बताउनुभयो ।
तपाईको प्रतिक्रिया