00:00:00
स्थानिय

अपाङ्गता भएका व्यत्तीहरुका लागि वडा स्तरीय अन्तरक्रिया

सचेतना सम्बन्धी अन्तरक्रिया
सोमबार बैशाख १२, २०७९/ Monday 04-25-22

तिलोत्तमा २०७९ बैशाख १२

         तिलोत्तमा वडा नम्बर सात का अपाङ्गता भएका व्यत्तीहरुका लागि वडा स्तरीय सचेतना सम्बन्धी अन्तरक्रिया कार्य आज सम्पन्न भएको छ । तिलोत्तमा नगर पालीकाको सहयोग र तिलोत्तमा वडा नम्बर ७ को अपांग सन्जालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

   कार्यक्रमको अवसरमा वडा नम्बर ७ का वडा अध्यक्ष दुर्गा प्रशाद पाण्डेले अपाङ्गता भएका व्यत्तिहरुको क्षमता बुझी अपाङ्गता भएका व्यत्तिहरु अनुकुलताका कार्यक्रम सन्चालन गर्न आवश्यक रहेको र आगामी दिनमा आफ्नो सहयोग सदैव रहने बताउनु भयो । वडा का विभिन्न अपांगता भएका व्यत्तिहरु र सरोकारवाला ब्यत्तिहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सस्थाकि अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण अपांगता भएका व्यत्ती तथा महिला अधिकारकर्मी साबित्रा घिमिरेले सहजीकरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया