00:00:00
स्थानिय

कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ शुक्रवार साँझ दुर्घटना,घटनाको पूर्ण विवरण आउन बाँकी

शनिबार चैत १२, २०७८/ Saturday 03-26-22


कपिलवस्तु ।

कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ शुक्रवार साँझ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने   ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले गम्भीर घाइतेको उपचारको लागि बुटवल लगिएको बताउनुभएको छ  ।

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा नं। ९ का आकृति खनाल रहेका छन् । यसै गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनीषा  क्षेत्री, बाणगंगा नगरपालिका वडा नं। ४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा नं।८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नं । ९ का कृष्ण घर्ती मगर रहेका छन् ।घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ  ।

तपाईको प्रतिक्रिया