00:00:00
कृषि

दुग्ध उत्पादन र मूल्यमा सचेत हुनुपर्नेमा सरोकारवालाको जोड

आइतबार फाल्गुण २९, २०७८/ Sunday 03-13-22

तिलोत्तमा ।।
गुणस्तरीय दुग्ध उत्पादन र उचित मूल्यका बारेमा सरोकारवाला सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीले तिलोत्तमामा आइतवार आयोजना गरेको असल दुग्ध उत्पादन प्रणाली दुग्ध उत्पादन गुणस्तरमा आधारित मूल्य तथा परमाणीकरणबारे अन्तरक्रियामा बोल्ने बक्ताहरुले स्वस्थ्य र उचित मूल्य पर्ने गरी दुग्ध उत्पादनमा ध्यान दिनुपर्ने बताएका हुन् । कार्यक्रममा असल दुग्ध उत्पादन प्रणालीलाई अवलम्बन गर्नुपर्नेमा बत्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै विशिष्टीकृत दुग्ध उत्पादक सहकारी संघका प्रदेश कोषाध्यक्ष खेम गौतमले दुग्ध उत्पादनलाई असल उत्पादन प्रणाली अन्तरगत रहेर काम गर्नुपर्ने बताउनुभयो । गुणस्तरीय उत्पादनमा संझौता गर्न नहुनेमा उहाँको जोड थियो ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेको अध्यक्षता, पिताम्वर खरेलको संचालन तथा मोहनलाल भण्डारीको स्वागतमा भएको कार्यक्रममा नेपालमा दुग्ध उत्पादनको हालको अवस्था चुनौति र अवसर विषयमा डा. कृष्ण प्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रियामा उठेका सवालहरुका बारेमा डा. विवेग घिमिरे र मनिस अधिकारीले जवाफ सहित सहजीकरण गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया