देशको विकास र राजनीतिक निकासका लागि एमाले पहिलो शक्ती बन्नुपर्छ : विश्वकर्मा
तिलाेत्तमा । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले आगामी निर्वाचनमा एमाले प्रमुख शक्तिका रुपमा उदाउने दावी गुर्नभएको छ ।
नेकपा एमाले रुपन्देही क्षेत्र न. १ को क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकमा सोमवार बोल्दै नेता विश्वकर्माले देशको विकास र राजनीतिक निकासका लागि पनि एमाले पहिलो शक्तिको रुपमा आउनुपर्ने बताउनुभयो । उहाँले समयको माग अनुरुप चल्न सक्ने पार्टी एमाले मात्रै भएको स्मरण गर्दै समृद्ध नेपाल निर्माणको अभियान्ताका हिसावले एमाले पहिलो शक्तिमा आउने विस्वास व्यक्ति गर्नुभयो । बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता विश्वकर्माले रुपन्देहीको क्षेत्रनम्वर एकलाई पार्टीको आधार क्षेत्रका रुपमा विकास गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
बैठकमा बोल्दै पार्टी पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्र्चाज लिला गिरीले पार्टीले विगतमा गरेका विकास निर्माणका कामका आधारमा जनताले आफ्नो मत प्रदान गर्ने बताउनुभयो ।
बैठकमा पाेलिटव्यूराे सदस्य दधिराम न्यौपाने, अनुशासन कमिटी सदस्य डा. कृष्ण न्यौपाने, पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला उपाध्यक्ष जागेस्वरी चौधरी, सचिब यज्ञ गैरे, ओमसतिया गाँउपालिकाका अध्यक्ष हिरा कुमार राहुललगायतले बोल्नुभएको थियो ।
बैठकमा आगामी निर्वाचन लक्षित कार्यक्रम, सगंठन निर्माण तथा परिचालन, क्षेत्रको पार्टी गतिविधि सम्बन्धि योजनालगायतका विषयमा छलफल भएको थियो ।
क्षेत्रीय संयोजक बेद गिरिको अध्यक्षता, सह–संयोजक प्रकाश अर्यालको स्वागत एबंम सचिब युबराज न्यौपानेको सन्चालनमा बैठक सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया