00:00:00
राष्ट्रिय

तराई र चुरे क्षेत्रमा गर्मी बढ्दै, गर्मीबाट जोगिन सुझाव

सोमबार फाल्गुण २३, २०७८/ Monday 03-07-22


काठमाडौं 

देशभर गर्मी बढ्दो छ । भैरहवा, दीपायल, नेपालगञ्ज, विराटनगर, धरान, जनकपुर लगायतका क्षेत्रहरुमा तापक्रम बढ्दो छ । चुरे र तराईका जिल्लामा अधिकतम तापक्रम ३० देखि ३१ डिग्री सेल्सियससम्म पुगिसकेको छ ।  विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मी धेरै हुन थालेकाले गर्मीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

मौसमविद्काअनुसार गर्मी महिना भर्खरै सुरु भएकाले  यी क्षेत्रसहित देशभर नै अब तापक्रम बढ्दै जानेछ । स्वास्थ्य विज्ञले गर्मीबाट बच्न दिउँसोको टन्टलापुर घाममा नहिँड्न र प्रशस्त पानी पिउन सुझाव दिने गरेका छन् । मौसमबिद्का अनुसार आज पहाडी क्षेत्रको मौसम भने आंशिक बद्ली हुने सम्भावना छ भने सुदूरपश्चि र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया