विदेशमा सिकेको सीपलाई स्वदेशमा उपभोग गर्न सके देशको विकास हुन्छ : गिरी
रिटर्निङ फेडेरेशन, तिलोत्तमा नगर कमिटिको अध्यक्ष अर्याल
तिलोत्तमा । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश सांसद लिला गिरीले विदेशमा सिकेका सीपलाई स्वदेशमा उपभोग गर्न सके देशको विकास हुने बताउनुभएको छ । नेपालीहरुले विदेशमा रहँदा आर्जन गरेको सीप नेपाल महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै नेता गिरीले त्यसको अधिक्तम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
रिटर्निङ फेडेरेशन नेपाल, तिलोत्तमा नगर कमिटिको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै प्रदेश सांसद गिरीले राज्यले युवाहरुले विदेशमा सिकेको सीपलाई सही रुपमा प्रयोगमा ल्याउन नसकेको बताउनुभयो । उहाँले राज्यले स्वदेश फर्किएका युवाहरुलाई सीप अनुरुपको काम गर्ने वतावरण तयार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा फेडेरेशनका महासचिव लक्ष्मिप्रसाद आचार्यले विदेशबाट नेपाल फर्किएकाहरुको ज्ञान, सीप र पूजीको उचित व्यवस्थापनका लागि संगठित रुपमा काम गर्ने उद्देश्यले फेडेरेशन गठन गरिएको बताउनुभयो ।
फेडेरेशनका केन्द्रिय सदस्य धु्रव पाण्डेको अध्यक्ष, गितामणि पाण्डेको संचालन,सीता बस्यालको स्वागतमा भएको कार्यक्रममा नेकपा एमालेका पोलिट व्यूरो सदस्य दधिराम न्यौपाने, एमाले जिल्ला पार्टी सचिव यज्ञ गैरे, एमाले तिलोत्तमा नगर कमिटि इन्चार्ज दिनेश फुल्लेल, तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डेलगाएतले बोल्नुभएको थियो ।
यसैविच रिटर्निङ फेडेरेशन नेपाल, तिलोत्तमा नगर कमिटिको प्रथम नगर अधिवेशनबाट सन्तोष अर्यालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा केशव कोइराला, सचिवमा तेजेन्द्र पौडेल, उपसचिवमा केशवराज ज्ञवाली र कोषाध्यक्ष भविष्वर पाण्डे चयान हुनु भएको छ ।
फेडेरेशन नेकपा एमाले निकट विदेशमा काम गरेर स्वदेश फर्किएका नेपालीहरुको संगठन हो ।
तपाईको प्रतिक्रिया