00:00:00
राष्ट्रिय

एमालेको पूरानै कुरामा अडान, एमालेलाई संसदमा बस्ने वातावरण बनाउन कांग्रेससँग माग

शनिबार फाल्गुण १४, २०७८/ Saturday 02-26-22

तिलोत्तमा ।
 सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभएको छ  । शुक्रबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रियाँ दिँदै ज्ञवालीले आफूहरुले पूरानै कुरामा अडान लिएकोे बताए । एमालेलाई संसदमा बस्ने वातावरण बनाउन आफूहरुले कांग्रेससँग माग गरेको पनि उनको भनाइ छ । लोकतन्त्रका लागि योगदान गरेका एमाले कांग्रेसको योगदान हिजो पनि भएको र आगामी दिनमा पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको उनले बताए । गठबन्धनमा समस्या देखिएको भन्दै उनले त्यसमा कांग्रेस गम्भीर देखिएको बताए ।
 

तपाईको प्रतिक्रिया