तिलोत्तमा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भलवारी शाखाको बुधवार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषणराज पौडेल, चिफ मार्केटिङ अफिसर (सिएमओ) भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, समाजिक व्यक्ति चिन्तामणि न्यौपानेलगाएतले संयुक्त रुपमा भलवारी शाखाको उद्घाटन गर्नुभयो ।
शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन रहे पनि नरहे पनि बीमाले आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा आवश्यक बन्दै गएको बताउनुभयो । उहाँले सिटिजन लाईफ इन्सुरेन्सले अधिकांश विधि प्रकृयालाई प्रविधिमैत्री बनाउन सफल भएको बताउनुभयो । ‘हामी प्रविधिलाई उच्चतम प्रयोग गर्ने नीतिका साथ काम गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, समयको माग अनुरुप चल्नु नै सिटिजनको सफलता पनि हो ।’
शुभारम्भ कार्यक्रममा बोल्दै चिफ मार्केटिङ अफिसर भूषण रिमालले बजारको मागलाई बुझेर सेवा वितरणलाई सहज बनाउनुपर्ने बताउनुभयो । उहाँले इन्स्योरेन्सहरु कम्पनीहरुले आर्थिक जोखिबाट जोगाउने हुनाले अभियान कै रुपमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
भलवारी शाखाका प्रमुख रवि काफ्लेको संचालन, कम्पनीका यरिया ब्रान्च म्यानेजर नरेश सिग्देलको स्वागतमा भएको कार्यक्रममा शीखर इन्स्योरेन्स कम्पनीका लुम्बिनी प्रदेश प्रमुख किरण काफले, तिलोत्तमा वडा नम्वर ९ का जनप्रतिनिधि अरुणा राना, नविल बैँक भलवारी शाखाका प्रमुख गंगाराम न्यौपानेलगाएतले बोल्दै जीवन बीमालाई थप व्यस्थित बनाउनुपर्नेमा जोड दिएका थिए ।
सिटिजनका हाल १ सय ४७ वटा शाखा मध्ये भलवारी उत्कृष्ट शाखाका रुपमा पुरस्कृत समेत भएको शाखा हो । गत मंसिर देखि संचालनमा रहेको भए पनि औपचारिक शुभारम्भ भने बुधवार गरिएको छ ।
तपाईको प्रतिक्रिया