राष्ट्रिय
देशका पश्चिमी क्षेत्रमा आज मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
बुधबार फाल्गुण ११, २०७८/ Wednesday 02-23-22
काठमाण्डौ
आज देशका पश्चिमी क्षेत्रको मौसम पूर्ण बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पश्चिमी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ । आज लुम्बिनीसहित सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा पनि आज हिमपातको सम्भावना छ ।
यस्तै, आज अन्य प्रदेशका पहाडी क्षेत्रमा केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको अनुमान गरिएको छ । लुम्बिनी, सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया