00:00:00
राष्ट्रिय

नेपाल आयल निगमद्धारा पेट्रोल डिजेल र मट्टितेलमा फेरी ३ रुपैयाँ मूल्यवृद्धि

आइतबार फाल्गुण ८, २०७८/ Sunday 02-20-22

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा फेरी ३ रुपैयाँ मूल्यवृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ । ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको निगमले बताएको छ ।  अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप र पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ ६१ पैसा, डिजेल पाँच रुपैयाँ ६२ पैसा र हवाई इन्धन चार रुपैयाँ ९५ पैसा बढेर आएकाले नेपालमा पनि भाउ बढाएको निगमले जनाएको छ । गएराति बढेको मूल्यमा बिक्री गर्दा पनि अबको १५ दिनमा निगमलाई दुई अर्ब १५ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ । 

तपाईको प्रतिक्रिया