'अपाङ्गता भएका ब्यक्तिले केहि गर्न सक्दैनन् भन्ने धारणा गलत हो'
तिलोत्तमा । आज सामाजिक न्याय दिवस । डिजिटल अर्थतन्त्रमा सामाजिक न्यायको सुनिश्चितता भन्ने नाराका साथ सन् २०२२ को सामाजिक न्याय दिवस मनाइँदै छ ।
डिजिटल अर्थतन्त्रमा सामाजिक न्यायको सुनिश्चितताका लागि सन् २०२२ को सामाजिक न्याय दिवसले विशेष पैरवी गर्ने आंकलन गरिएको छ । पिछडिएका वर्गहरुको सामाजिक न्यायमा पहुंच पुर्याउनका लागि पछिल्लो समयमा केहि अभ्यासहरु भएका छन्,र विभिन्न अभियानहरुबाट पनि सामाजिक चेतनामा बृद्धि भएको फाउन्ड परियोजनाका निर्देशक शोभाखर कंडेलले जानकारी दिनुभएको छ । विशेष गरी अपाङ्गता भएका ब्यक्तिहरुलाई रोजगारी र ब्यावसायमा सहभागिता बनाउने परियोजनाको उद्धेश्य रहेको उहांले बताउनुभयो ।
रेडियो लुम्विनीसंगको कुराकानीका क्रममा कंडेलले जुनसुकै बेला जोसुकै पनि अपाङ्ग हुन सक्ने भन्दै अपाङ्गतालाई साझा समस्या वनाउनुपर्नेमा जोड दिनुभएको छ । उहांले ब्यक्तिलाई बुझ्नु भन्दा पहिले अपाङ्गता भएका ब्यक्तिले केहि पनि गर्न सक्दैनन् भन्ने धारणा बनाईसक्नु नै गलत भएको बताउंदै अवसर दिने हो भने समाजमा यस्ता ब्यक्तिले महत्वपुर्ण उदाहरणिय काम गरेको उल्लेख गर्नुभयो ।
कुराकानीकै क्रममा उहांले मुलुकमा भएको कुल जनसंख्या मध्ये १० प्रतिशत अपाङ्गता भएका ब्यक्तिहरु रहेकोले सामाजिक चेतना बृद्धि गर्दै समाजमा समान अवसर प्रदान गर्नु सवैको दायित्व भएको धारणा राख्नुभएको छ ।
तपाईको प्रतिक्रिया