स्थानिय
बन्द गराउँदै हिडेका ९ जना बन्दकर्ता प्रहरीद्धारा पक्राउ
बुधबार फाल्गुण ४, २०७८/ Wednesday 02-16-22
तिलोत्तमा । बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मोर्चामा सहभागि नेता(कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ । उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो । आज नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरेको नेपाल बन्दको प्रभाव यो क्षेत्रमा बिहानैदेखि परेको छ ।प्राईभेट साधनहरु चलेपनि अन्य साधनहरु भने चलेका छैनन् सडकमा सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको छ ।
तपाईको प्रतिक्रिया