00:00:00
स्थानिय

नेपालगन्जबाट बुटवलतर्फ आउंदै गरेको बसमा आगलागी

सोमबार फाल्गुण २, २०७८/ Monday 02-14-22

कपिलवस्तु । नेपालगन्जबाट बुटवलतर्फ आउंदै गरेको भे१ख २९५६ नम्बरको यात्रुवाहक बसमा  आगलागी भएर पूर्ण रूपमा क्षति पुगेको छ ।  हिजो बेलुका  आगो लागेको थियो । बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।  बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताए । बसमा लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । यात्रुसंगै भएको केहि सामान निकालिएपनि डिक्किमा भएका सामान भने जलेको बताईएको छ । बस पुर्णरुपमा जलेको छ ।

तपाईको प्रतिक्रिया