00:00:00
अर्थ/वाणिज्य

तिलोत्तमामा रोजगारकाे ग्यारेन्टीसहित ६ महिने सिलाई कटाई तालिम

आइतबार फाल्गुण १, २०७८/ Sunday 02-13-22

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले सिलाई कटाइ तालिम तथा रोजगार प्रवद्र्धनका लागि ६ महिने तालिम सुरु गरेको छ । तिलोत्तमा १४ मा रहेको नसिब गार्मेन्ट उद्योग प्रालिको व्यवस्थापनमा ५० जनालाई रोजगारको ग्यारेन्टी सहित तालिमको उद्घाटन गरिएको हो । 

आज एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले तालिमको शुरुवात गर्नुभयो । सो अवसरमा बोल्दै नगर प्रमुख घिमिरेले स्वरोजगारमुलक जनशक्ति उत्पादनका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिलाई कटाइका क्षेत्रमा दक्ष जनशक्तीको अभावर रहेको बताउँदै त्यसको पूर्तिका लागि पनि यो तालिम महत्वपूर्ण हुने बताउनुभयो । 

कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख जागेश्वरी देवी चौधरीले उद्यमी बन्ने उद्देश्य राखेर तालिमलाई भरपूर उपयोग गर्न आग्रह गर्नुभयो । तालिमले रोजगारी र स्वरोजगार दुवै हुने अवसर दिने भन्दै स्वरोगजार हुने गरी तालिममा सहभागी हुनुपर्नेमा उहाँको जोड छ । 

नगरपालिकाका प्रशासकीय अधिकृत जीवन ज्ञवालीले भत्ता पाउने गरी गरिने तालिमको परम्परा तोडेर सीम आर्जन गर्ने लक्ष्यका साथ संचालन गरिने तालिम बढी प्रभावकारी हुने बताउनुभयो । 
तालिम उद्घाटनमा बोल्दै नसिव गार्मेट उद्योग प्रालिका संचालक विष्णु भूषालले समाजिक उत्तरदायित्व अन्तरगत नै तालिम संचालन गरिएको बताउनुभयो । उहाँले जनशक्ती उत्पादन गर्नु बाहेक कुनै लक्ष्य नरहेको बताउनुभयो । 

तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सोहन प्रसाद थारुको अध्यक्षता, वडा नम्वर १३ का वडा गणेश न्यौपानेको  स्वागत तथा नगरपालिकाका शाखा अधिकृत माधव प्रसाद पोखरेलले गर्नुभएको थियो । 

छ महिना सम्म संचालन हुने तालिममा झण्डै १ सय ५० जना प्रशिक्षार्थी सहभागी हुने छन् । हरेक दिन दुई जना प्रशिक्षकले तालिमको सहजीकरण गर्ने व्यवस्था मिलाईएको छ । 

तपाईको प्रतिक्रिया