00:00:00
राष्ट्रिय

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्ति विवाद अन्त्य

शनिबार माघ २९, २०७८/ Saturday 02-12-22

बुटवल । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्ति विवाद अन्त्य भएको छ । आफ्नो कार्यकाल बाँकी रहेको भन्दै सरकार विरुद्ध धुर्व मजगैयालले सर्वोच्चमा रिट दाय भएपछि विवाद भएको थियो । मजगैयाल मुद्दा फिर्ता लिएपछि विवादको अन्त्य भएको हो ।

लुम्बिनी प्रदेशमा सरकार परिवर्तन भएसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसमेत परिवर्तन गरिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलाशले माघ २८ गते मुद्दा फिर्ता लिन अनुमति प्रदान गरेको हो । उक्त अनुमतिसँगै पुस १८ गते सर्वोच्चको अन्तरिम आदेशसमेत निष्कृय भएको छ ।

मजगैयाले आफ्नो निवेदनमा दाबी र्पुयाउन नसक्ने भएको हुँदा मुद्दा फिर्ता गरी पाउँ भनी निवेदन दिएकोले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९६ तथा सर्वोच्च अदालत नियमावली नियम वमोजिम निवेदन फिर्ता लिन अनुमति दिइएको छ । मुद्दा फिर्तासँगै घिमिरेलाई काम गर्ने बाटो खुलेको छ । 

तपाईको प्रतिक्रिया