एक दिवसीयमा वेस्ट इन्डिजलाई ९६ रनले हराउँदै घरेलु टोली भारतले श्रृङ्खला ३–० ले जित
वेस्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतको ुक्लिन स्वीपु
भारतले वेस्ट इन्डिजसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खलामा ुक्लिन स्वीपु गरेको छ । अहमदाबादमा हिजो भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेस्ट इन्डिजलाई ९६ रनले हराउँदै घरेलु टोली भारतले श्रृङ्खला ३–० ले जितेको हो । भारतले एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिजसँग श्रृङ्खला क्लिन स्वीप गरेको यो पहिलो पटक हो ।
भारतले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ६९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका ओडिन स्मिथले सर्वाधिक ३६ रन जोडे । त्यस्तै कप्तान निकोलस पुरणले ३४ र अल्जारी जोसेपले २९ रन बनाए ।
भारतका प्रसिद्ध कृष्ण र मोहमद सिराजले ३र३ विकेट लिए । दिपक चाहर र कुलदीप यादवले २र२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ६५ रन बनाएको थियो । भारतका लागि श्रेयस आयरले ८० रन तथा ऋषब पन्तले ५६ रनको अर्धशतकीय पारी खेले।
वेस्ट इन्डिजका जासन होल्डरले ४ तथा अल्जारी जोसेप र हेडेन वाल्शले २र२ विकेट लिए।
तपाईको प्रतिक्रिया