राष्ट्रिय युवासंघ नेपाल तिलोत्तमा शाखा कमिटिको अध्यक्षमा वस्याल चयन
राष्ट्रिय युवासंघ नेपाल तिलोत्तमा शाखा कमिटिको अध्यक्षमा सागर वस्याल चयन हुनुभएको छ । तिलोत्तमा ६ गोकट्टामा सम्पन्न प्रथम अधिवेशनले बस्यालको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्ष सागर थापा, सचिव सन्तु दंगोरिया थारु, उपसचिव सीता रिजाल र अर्जुन श्रेष्ठ चयन हुनुभएको निर्वाचक मन्डलका संयोजक दिपक पाण्डेले जनाकारी दिनुभयो । यस अघि अधिवेसनलाई सम्बोधन गर्दै राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं लुम्विनी प्रदेश ईन्चार्ज सुमन पुरीले युवाहरु राष्ट्रयता र जनजीविकाका लागि एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक नेतृत्वमा युवाहरु सहभागी हुने समय आएको र देशको नेतृत्व युवाले गर्नुपर्नेमा जोड दिनुभयो । तिलोत्तमा ६ का युवा नेता नरवहादुर छन्तेलको अधयक्षतामा भएको कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले देशका हरेक आन्दोलन युवाहरु कै नेतृत्वमा सफलभ एको स्मरण गर्दै अव देश विकासको अभियानको युवाहरुले नै नेतृत्व गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै युवा संघका केन्द्रिय सदस्य कल्पना पाण्डे मगरले समय समयमा गरिने पार्टी परिवर्तनले राजनीतिक ओज कमजोर हुने गरेको बताउनुभयो । राष्ट्रिय युवासंघ नेपाल रुपन्ेदेहीका अध्यक्ष मनोज गौचनले चुनावमा मात्र युवा सहभागिता खोज्ने प्रवृतिको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । उहांले हरेक समय परिस्थिती मा युवालाई खोजिनुपर्ने धारणा राख्नुभयो । युवा आशिष पाठको स्वागतमा भएको कार्यक्रममा नेकपा एमाले रुपन्देहिका सदस्य क्षमा अधिकारी, तिलोत्तमा नगरपालिकाका नगरकमिटि अध्यक्ष तामनाथ पाण्डे लगायतले बोल्नुभएको थियो ।
तपाईको प्रतिक्रिया