00:00:00
राष्ट्रिय

दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण

बिहीबार माघ २७, २०७८/ Thursday 02-10-22

दुग्ध विकास  संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य  प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५  रुपैयाँ निर्धारण  गरेको छ ।  डीडीसीको  हिजो  बसेको  सञ्चालक  समितिको बैठकले  दूधको मूल्य  बढाएर ८५ रुपैयाँ निर्धारण  गरेको  हो ।  यसअघि  प्रशोधित दूधको  उपभोक्ता  मूल्य  प्रतिलिटर ७६ रुपैयाँ थियो । बढेको नौ रुपैयाँमा प्रतिलिटर  ६ रुपैयाँ ५२  पैसा  किसानका लागि  वृद्धि  भएको  छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ । यसअघि मन्त्रिपरिषद्को  बैठकले  किसानका  लागि  प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर  ५६ रुपैयाँ चार पैसा निर्धारण  गरेको  थियो । त्यसअघि  किसानले  बेच्ने  दूधको  मूल्य  प्रतिलिटर  ४९ रुपैयाँ ५२ पैसा थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको  लागि  प्रशोधित  दूधको  मूल्य निर्धारण  गर्ने जिम्मेवारी डीडीसीलाई  दिएको थियो।  

तपाईको प्रतिक्रिया