00:00:00
राष्ट्रिय

समाज सुधारका लागि राज्य बढि सचेत हुनुपर्नेमा जोड ।

बिहीबार माघ २७, २०७८/ Thursday 02-10-22

तिलोत्तमा ५,
विन्दु भट्राई
समाज सुधारका लागि राज्य बढि सचेत हुनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । राष्टिय महिला आयोग काठमाण्डौको आयोजनामा आज भैरहवामा भएको कार्यक्रममा  बोल्दै बक्ताहरुले बनेका निति नियमहरु कागजमा मात्र सिमित भएकोले कार्यान्यनको पाटो बलियो बनाउनुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहिका प्रमुख एकराज विश्वकर्माले पछिल्लो समय राज्य विकास निर्माणमा मात्र केन्द्रित भएको तर समाज सुधारका लागि कम चासो राखेको गुनासो गर्नुभयो ।  उहांले समाजमा भएका थुप्रै हिसांत्मक कुरीतिहरु अन्त्य नभएसम्म देश अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो । बिश्वकर्माले नागरिकका श्रमलाई इज्यत नगरेकै कारण देश मगन्ते भिखन्ते बन्नुपरेकोले श्रमको उचित ब्यवस्थापन गर्न सम्विन्धित निकायलाई आग्रह गर्नुभयो  । कार्यक्रममा  राष्टिय महिला आयोगका सदस्य विद्या कुमारी सिंहाले संविधानमा ब्यावस्था भएका कुरा अक्षरस पालना गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा रुपन्देहिका एसएसपि मनोज केसीले  प्रहरि कार्यालयमा पहुंचका आधारमा नभएर क्रमिकताका  आधारमा  सेवा प्रवाह गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया