कपिलवस्तु २०७८ माघ २५
कपिलवस्तु सीमा क्षेत्रमा तस्करी हुन लागेको एक ट्रकसहित पाँच टन अवैध केराउ गएराती प्रहरीले पक्राउ गरेको छ ।
नेपाल भारत सीमा क्षेत्र अन्तर्गत यशोधरा गाउँपालिका-७ सीमा नजिकबाट यू.पी. ५५ टी २२९५ नम्बरको ट्रकमा अवैध ढङ्गबाट भारततर्फ लाने तयारी गरिएको एक ट्रक केराउ पक्राउ गरेको छ।
प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले हिजाेराति नेपालबाट सीमावर्ती भारतीय बजार इटवातर्फ जाँदै गरेकाे ट्रकलाई शङ्का लागेर जाँचगर्दा करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५ हजार किलोग्रामअवैध केराउ बरामद गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयाे।
पक्राउमा गरीएको ट्रक र केराउ प्रहरीले सुठौली भन्सार कार्यालय पठाएको छ । ट्रक चालक भारत सिद्धार्थनगर जिल्ला ग्राम इटवा बस्ने २७ वर्षीय धनप्रकाश अग्रहरीलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।
तपाईको प्रतिक्रिया