00:00:00
स्थानिय

बुटवलमा कार दुर्घटना : तीन जनाको मृत्यु, २ जना घाइते

सोमबार माघ २४, २०७८/ Monday 02-07-22

बुटवल २०७८ माघ २४

        सोमबार बिहानै बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । पश्चिमदेखि पुर्व दिशामा रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको हो ।

       बुटवल उपमहानगरपालिका -१२ स्थित तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि दुर्घटना भएको र दुर्घटनामा परि २८ वर्षीय सविन चौधरी, २७ वर्षीय गोविन्द चौधरी र २६ वर्षीय नवीन श्रेष्ठको ज्यान गएकाे छ । घाइतेमध्ये २७ वर्षीय भागिरथ चौधरीको अवस्था गम्भीर रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाँणले बताउनुभएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने मृत्यु र घाइते सबैको परिचय खुल्न बाँकी रहेको प्रहरी प्रवक्ता खाणले जानकारी दिनुभयो । ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको खाणले बताउनुभयो  ।

 

 

 

तपाईको प्रतिक्रिया