हरि शर्मा
नवलपुर, १८ माघ । पूर्वी नवलपरासीमा एक अटो चालक मृत अवस्थामा फेला परेका छन् । उनको हत्या भएको आशंकामा अनुसन्धानअघि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीलेले बताए । मृतक अटो चालक कावासोती नगरपालिका– १३ गैरी नयाँबस्तीका ५२ वर्षिय माधवप्रसाद गिरी हुन् । सोमबार राति ९÷१० बजेको समयमा अपरिचित व्यक्तिले गिरीलाई कावासोती जानु छ भन्दै अटोमा गएका थिए । अबेरसम्म नफर्केपछि उनको खोजी भएको थियो । उनको शव मंगलबार बिहान बौनाहास्थित पानी जमेको घोलामा गडेको अवस्थामा फेला परेको हो । निधारमा चोट लागेका कारण उनको हत्या भएको आशंकामा प्रहरीले कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरेको डिएसपी गिरीले बताए । ‘घटना शंकास्पद छ । घटनास्थल र अन्य प्रमाणका आधारमा हामी अनुसन्धानको नजिक पुगेका छौं । ’ गिरीले भने । घटनास्थल नजिकमा अटो समेत फेला परेको छ ।
तपाईको प्रतिक्रिया