काठमाण्डाै २०७८ माघ १८
सरकारले भोलि बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै भोलि १९ गते तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा अवसरमा नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया