00:00:00
स्थानिय

अपाङ्गता भएका व्यत्तिहरुको निर्वाचनमा पहुँच

मंगलबार माघ १८, २०७८/ Tuesday 02-01-22

तिलोत्तमा २०७८ माघ १८

      पहुँचयुत्त निर्वाचन प्रणाली अन्त्तर्गत फोटाेसहितको मतदाता नामावली नाम दर्ता कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । नेत्रहिन युवा संघ नेपाल, आइएफइएस र युएसएआइडिकाे सयुत्त सहकार्यमा जिल्ला निर्वाचन कार्यालय भैरहवामा सम्पन्न भएको हो ।

    नामावली दर्ता कार्यक्रममा परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्री र परियोजनाका प्रमाेटर लक्ष्मी पाण्डेले सहयोगी भुमिका निर्वाह गर्नु भएको थियो । विभिन्न अपाङ्गता भएका २० जनाको फाेटाे सहितकाे मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो ।

    अपाङ्गता भएका व्यत्तिहरुको निर्वाचनमा पहुँच परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले विभिन्न कार्यक्रममध्य उत्त कार्यक्रम गरिएको बताउनु भयो ।

 

 

 

तपाईको प्रतिक्रिया