तिलोत्तमा । युथफर एनिमलले तिलोत्तमा नगरपालिकामा ३ दर्जन भन्दा बढि कुकुरलाई खाना खुवाउंने काम गर्दै आएको छ ।
घरपालुवा कुकुरलाई गर्ने ब्यावाहार र छडुवा कुकुरलाई गर्ने ब्यावहार समान गराउने उद्येश्यले युथफर एनिमल्सको स्थापना गरिएको युथफर एनिमलका फाउण्डर कृपा पन्थले जानकारी दिनुभयो ।
सडकमा अलपत्र परेका कुकुरलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने नै हाम्रो मुख्य उद्धेश्य हो उहांले भन्नुभयो । पन्थले रेडियो लुम्विनीसंगको कुराकानीका क्रममा तिलोत्तमा नगरपालिका भित्रका छडुवा कुकुरलाई खाना खुवाउने मात्र नभएर कुकुरको स्वास्थ्यमा समस्या देखिएको अवस्थामा उपचारको प्रकृयामा लागेको समेत बताउनुभयो । पन्थले मानिसलाई जस्तै अन्य प्राणीलाई पनि माया आवश्यक पर्ने भन्दै सडकमा देखिएका जुनसुकै प्राणि होस् मानविय ब्यावहार गर्न अनुरोध समेत गर्नुभयो ।
युथफर एनिमलले सडकमा गुड्ने सवारी चालकको लापर्वाहिका कारण बाटो काट्ने क्रममा दैनिक रुपमा जनावरलाई ठक्कर दिने क्रम बढेकोले सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
तपाईको प्रतिक्रिया