जन विकास कृषि सहकारीसंस्था लि.तिनपा१५को ३८औ वार्षिक साधारण सभा आज सम्पन्नभएको छ । संस्थाका अध्यक्ष हरिलाल पाण्डेको अध्यक्षता,बचततथा ऋण सहकारी संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण नेपालको प्रमुख आतिथ्य तथा पञ्चकन्या प्रालिकाअध्यक्ष ध्रुवकुमार श्रेष्ठको विशिष्ट आतिथ्यमा सम्पन्न साधारण सभाले अध्यक्ष हरिलाल पाण्डेद्वारा प्रसतुत आगामी योजना सहितको प्रतिवेदन पारित गरेको छ । त्यस्तै लेखा समिति संयोजक उमाशंकर खड्काले प्रस्तुत गरेको आर्थिक वर्षआर्थिक वर्ष २०७७÷०७८को लेखाप्रतिवेदन र जिल्ला प्रतिनिधि हरि काफ्लेद्वारा प्रस्तुतलेखापरीक्षणप्रतिवेदन रआर्थिक वर्ष २०७९÷८०को करिब १३ करोड बराबरको प्रक्षेपित बजेट पारित गरेको छ ।
संस्थाका उपाध्यक्ष वेद गिरीको स्वागत र सचिव सत्यव्रत ज्ञवालीको सञ्चालनमा भएको साधारण सभालाई सम्बोधन गर्दै प्रमुखअतिथि कृष्ण नेपालले सहकारी सदस्यहरुको सक्रियता बाट नै सहकारी संस्थाहरु दीगो र पारदर्शी बन्ने बताउँदै सहकारी संस्थाको इतिहासलाई समेत प्रकाशन गर्न सुझावदिनुभयो ।विशेषअतिथिधु्रवुकमार श्रेष्ठले सहकारी सदस्यहरु सक्रिय भएर लागेमा प्रगति गर्न सहजहुने उल्लेख गर्नुभयो ।
स्वास्थ्य मापदण्ड र भौतिक दूरी सहित भएको कार्यक्रममा तिलोत्तमानगरपालिका ,तिनपा १६का वडा अध्यक्ष झविलाल भुसाल,टे«क्टर संघ लुम्बिनीअध्यक्ष सोमबन्धु कार्कीलगायतले मन्तव्य राख्नुभएको थियो । १२५० सदस्य रहेको संस्थाले माघ १० गतेदेखि सुरु गरी आज सीमितप्रतिनिधि सहभागी गराई साधारण सभा सम्पन्न गरेको हो ।
तपाईको प्रतिक्रिया