00:00:00
स्थानिय

जनमत पार्टीका रुपन्देही उपाध्यक्ष सहित १२ जना प्रहरी नियन्त्रणमा

आइतबार पौष १८, २०७८/ Sunday 01-02-22

भैरहवा २०७८ पौष १८

      बिगत ४ दिन देखी चक्काजाम सहितका आन्दोलन गर्दै आएको जनमत पार्टीका जिल्ला उपाध्यक्ष सहित १२ जना कार्यकर्तालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार उनिहरुलाई रुपन्देहीको बसन्तपुरबाट पक्राउ गरिएको हो ।

     पक्राउ पर्नेमा रुपन्देही जिल्ला उपाध्यक्ष शम्भुप्रसाद यादव, कार्यकारी सदस्य विजय यादव, जिल्ला सदस्य सुदिप चौधरी, रोहिणी पार्टी कमिटी अध्यक्ष विष्णु चौधरी, राजकुमार कोइरी, प्रमोद गुप्ता, हिरामन हरिजन, राजेन्द्र यादव, धर्मेन्द्र यादव, सुनिल गुप्ता, राजप्रसाद वराउ, भरतकुमार यादव छन् । उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको पौडेलले बताउनुभयो ।

       जनमत पार्टीका कार्यकर्ताहरुलाई बिभिन्न माग राख्दै बिहिबार देखी नै भैरहवा–परासी सडक खण्ड र भैरहवा–लुम्बिनी सडक खण्डमा प्रदर्शन गर्दै आएका थिए । अनिश्चितकालीन दिवा बन्दको कारण ती रुटमा हिड्ने सवारीहरु प्रभावित हुदै गए पछि आज रुपन्देही प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिई बाटो सूचारु गराएको छ ।

      जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादवले आज नछाडे भोली देखी पुरै जिल्ला ठप्प पार्ने चेतावनी दिएका छन् । यादवले आफ्नो जायज माग राखी शान्तीपूर्ण रुपमा आन्दोलन गर्दै आइरहेकोमा कार्यकर्ताहरु माथी धरपकडले प्रशासनको नियत स्पष्ट भएको बाटएका छन । “अहिले सम्म सडक मात्र बन्द गरेका थियौ, प्रहरीले कार्यकर्ता नछाडे भोलीदेखी सबै बिद्यालय, स्थानिय तह एवम जिल्ला नै ठप्प पारी दिन्छौ ।” यादवले चेतावनी दिए।  
प्रहरी प्रवक्ता पौडेलका अनुसार पक्राउ परेकालाई अहिले जिल्ला प्रहरी कार्यालयमै राखिएको र थप छलफल पछि अगाडीको कार्यवाही थालिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया