00:00:00
स्थानिय

‘बुटवल’ बुटवलनै हो,राजधानी नहुँदैमा बिकास रोकिन्न : गृहमन्त्री खाँण

शनिबार पौष १०, २०७८/ Saturday 12-25-21

रुपन्देही बुटवल
२०७८ पौष १०

   गृहमन्त्री बालकृष्ण खाँणले बुटवलको बिकास आफ्नै ढङ्गले हुने बताउनुभएको छ । बुटवलमा प्रदेशको राजधानी नभए पनि आफ्नै ढङ्गले यहाँको बिकास अघि बढ्ने बताउनुभयो ।

        आफ्नै ईतिहास र बिकासले बुटवल अहिलेको अवस्थामा स्थापित भएको उल्लेख गर्दै खाणले राजधानी नरहे पनि बुटवल बुटवल नै रहने दाबी गर्नुभयो । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको साधारणसभा तथा तेस्रो अधिवेशन सनिवार  उद्घाटन गर्दै गृहमन्त्री खाँणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताउनुभयो । रुपन्देहीको बिकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयासहरु भईरहे पनि बिकासका लागि गरेको पहलको जस भने आफुले नलिने गृहमन्त्री खाँणले बताउनुभयो ।´जनताले बिकासका लागि नै जनप्रतिनिधि निर्वाचित गरेका हुन्, जे कामका लागि जनताले पठाएका हुन् त्यही काम गर्दा के जस लिनु।´खाँणको भनाइ थियो।

      गृहमन्त्री खाँणले विज्ञान र प्रविधिको बिकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल गरे पनि गरिबीको संख्या भने बढेको बताउदै ´स्वास्थ्य क्षेत्रमा सरकारि अस्पताल कमजोर हुँदा जनताले निजि अस्पतालमा महङ्गो उपचार लिन बाध्य भएकोले सरकारले सरकारी तथा सामुदायिक अस्पतालहरुको प्रवर्द्धन गर्न अग्रसर रहेको भन्नुभयो। गृहमन्त्री खाणले´मानिसले जीवन लम्बाउन भएको सम्पत्ति सबै बिक्री गरेर भएपनी निजि अस्पतालमा उपचार गर्न बाध्य भएका छन जसले गर्दा उपचार पछि अस्पतालबाट फर्किदा घरजग्गा सबै सकिने अवस्थामा पुगेका छ ।´ भन्नुभयो

गृहमन्त्री खाँणले गौतमबुद्ध सामुदायिक अस्पतालको लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दु:खद रहेको उल्लेख गर्दै आफूले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो। 

तपाईको प्रतिक्रिया