मनोरन्जन
लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी र रुपन्देहीलाई उत्कृष्ट अवार्ड
आइतबार पौष ४, २०७८/ Sunday 12-19-21
रुपन्देही बुटवल
२०७८ पौष ४
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको २१ औं वार्षिक साधारणसभाको अवसरमा लुम्बिनी प्रदेशले उत्कृष्ट अवार्डबाट सम्मानित हुने मौका पाएको छ ।
यही पौष २ र ३ गते सम्पन्न वार्षिक साधारणसभाले वर्षभरीमा गरेका कामको मूल्याङ्नको आधारमा लुम्बिनीलाई सम्मान गरेको हो । लुम्बिनी प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डेले शाखालाई उत्कृष्ट बनाउनका लागि कार्यसमितिमा रहेका पदाधिकारी, सदस्य, सल्लाहकार तथा मातहतका जिल्ला शाखाहरुको समेत योगदान रहेको भन्दै आभार व्यक्त गरेका छन् ।
यसैगरी रुपन्देही उत्कृष्ट जिल्ला शाखाका रुपमा सम्मानित भएको छ । शाखाका अध्यक्ष दिपक कार्कीले जिल्ला शाखालाई उत्कृष्ट बनाउनका लागि सहयोग गर्ने पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकार लगायतका शुभचिन्तकहरुलाई आभार व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया