00:00:00
स्थानिय

बुटवलको एक चर्चमा ९ वर्षीय बालकको शंकास्पद मृत्यु

आइतबार पौष ४, २०७८/ Sunday 12-19-21

रुपन्देही बुटवल
२०७८ पौष ४

         रुपन्देहीको बुटवल-११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकको संकास्पद मृत्यु भएको छ । ९ वर्षका बालक आरएस खड्गीले झुण्डिएर आत्महत्या गरेका ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बालकले शनिबार मध्यान्न १२ बजेको समयमा आत्महत्याको प्रयास गरेपछि तत्कालै उद्धारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । परिवारले भने प्रहरीलाई बालकको मृत्यु भइसकेपछि दिउँसो २ बजे मात्रै खबर गरेका थिए ।

  बुद्धनगरमा अवस्थित स्थानीय राजेन्द्र गौतमको घर भाडामा लिई सञ्चालन गरिरहेको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालकले आत्महत्या प्रयास गरेका थिए । घटना बारे थप अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले शवको पोस्टमार्टमपछि थप जानकारी प्राप्त हुने बताएको छ ।

तपाईको प्रतिक्रिया