00:00:00
राष्ट्रिय

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ

शुक्रबार मङ्सिर २४, २०७८/ Friday 12-10-21

काठमाण्डाै- २०७८ मंसिर २४

         काठमाण्डौको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन समाराेह प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

 महाधिवेशनमा तीन कम्युनिस्ट पार्टीका शीर्ष नेता एउटै मञ्चमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएको हो ।

‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन गर्न लागेको हो । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी छन् । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताहरुसँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका पाहुनाले पनि सम्बोधन गर्नुहुनेछ ।

 

तपाईको प्रतिक्रिया